सुनसरीमा खुर्सानी खेती फस्टायो , किसानको आम्दानी लाखौं

<span class='c1'>सुनसरीमा खुर्सानी खेती फस्टायो</span> <span class='c2'>, किसानको आम्दानी लाखौं</span>

इनरुवा, फागुन २७ गते । कुनै समय सुनसरीमा असम्भव मानिएको खुर्सानी खेती अहिले धेरै कृषकको जीविकोपार्जनको माध्यम बनेको छ । खुर्सानीबाटै आम्दानी गरेर घरखर्चसहित छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सक्ने अवस्थामा पुगेको इनरुवाका किसान मोहमद मियाँले बताउनुभयो । खुर्सानीबाट यति धेरै आम्दानी हुने आफूले कल्पनासमेत नगरेको उहाँको भनाइ छ तर खेती गर्दै जाँदा बजारमा खुर्सानीको माग अनुसार एक कट्ठाबाट सुरु गरेको खुर्सानी खेती अहिले दस कट्ठामा फैलिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले खुर्सानीबाटै वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो ।

मियाँजस्तै यहाँका किसान. खुर्सानी खेतीतर्फ आकर्षित बनेका छन् । खुर्सानीबाट राम्रो आम्दानी हुने भएकाले यसमा आकर्षण बढेको अर्का किसान सुल्तान मियाँले बताउनुभयो । बजारमा दुई वर्षयता खुर्सानी प्रतिकेजी एक सय रुपियाँदेखि एक सय ६० रुपियाँसम्म बिक्री भएको र हप्तामा दुई÷तीन पटक टिप्न मिल्ने भएकाले खुर्सानी खेतीतर्फको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । सुनसरी सदरमुकाम इनरुवासहितका विभिन्न क्षेत्रमा स्थानीय कृषकले खुर्सानी खेती थालेका छन् । स्थानीय मोहमद अमिद मियाँले खुर्सानीबाट आफू पनि वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । आफूले खुर्सानी खेती दुई कट्ठादेखि दस कट्ठासम्ममा लगाएको मियाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्