बेलबारी नगरपालिकाको निर्णय : पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार दिइने

<span class='c1'>बेलबारी नगरपालिकाको निर्णय : पाँचथरी</span> <span class='c2'>रोगीलाई प्रतिव्यक्ति २५ हजार दिइने</span>

मोरङ, रासस । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिइन् । उनका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ ।

अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उनले बताइन् । रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्