सप्तरीमा दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना सार्वजनिक

<span class='c1'>सप्तरीमा दुई दिन यता दुईवटा</span> <span class='c2'>सामुहिक बलात्कारका घट्ना सार्वजनिक</span>

सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना भएको सार्वजनिक भएको छ ।

पछिल्लो पटक एक जना दलित युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । १८ बर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । करणी गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्रेको छ । तीन जना फरार छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका तीन कचन्दाहाकी-१८ वर्षीया युवतीलाई पाँच जना युवाहरुले आइतबार राति नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेका हुन् ।

आफ्नो घरमा रहेको बिरामीका लागि नजिकैको औषधि पसलमा औषधि किन्न गएको बेला युवाहरुले नियन्त्रणमा लिएर करणी गरेको ती युवतीको भनाइ छ ।

युवती औषधि लिन गएकी थिइन् । गाउँमै एउटा विवाह भइरहेको थियो ती युवतीको भनाइलाई उदृत गर्दै प्रहरी श्रोतले भनेको छ,’विवाहस्थल भन्दा सय मिटरको दूरीमा ती युवाहरुले उनलाई नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेका रहेछन् ।’

बलात्कारको घट्ना जानकारीमा आएपछि प्रहरीले युवतीको भनाइ अनुसार घट्नामा संलग्न रहेका सोही ठाउँका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अजय चौधरी र एटलान्टी चौधरी रहेका छन् । दुबैको उमेर २० वर्ष रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकेश सिंहले घट्नाको अनुसन्धान भइरहेको बताए । उनले फरार रहेका अन्यको खोजी पनि गरिरहेको बताउँदै पीडित युवतीको मेडिकल समेत गराइने जानकारी दिए ।

अर्काे सामुहिक बलात्कार

दलित युवतीको बलात्कार हुनुअघि अर्की एक महिला पनि बलात्कारको शिकार भएकी छन सप्तरीमा । बिष्णुपुर गाउँपालिका ७ की ती महिलासँग शनिबार साँझ दुई जनाले सामुहिक बलात्कार गरेकका छन् ।

राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा ३३ वर्षीया ती महिलालाई दुई जनाले नियन्त्रणमा लिइ कोशी पश्चिमी नहरको झाडीमा लगेर बलात्कार गरेका हुन् ।

एसपी मुकेश सिंहले यो घट्नाको पनि छानबिन भइरहेको बताए । उनले बलात्कारीलाई समात्न चारैतिर प्रहरी परिचालन गरिएको बताए । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्