विराटनगर, फाल्गुन २९ गते।
सोमबार साँझ बर्षा संगै परेको चट्याङ लागेर झापा र उदयपुरमा दुई जनाको ज्यान गएको छ।
झापाको भद्रपुर नगरपालिका -१ बस्ने १९ बर्षिय याम बहादुर लिम्बुलाई बेलुका ८ बजेतिर चट्याङ लागेको थियो।
चट्याङ लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्बिनगरले जनाएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका-५ खाँडिखोप बस्ने २२ बर्षिय भोज कुमार राईको समेत चट्याङ लागेर ज्यान गएको छ।
उनको साँझ ६ बजे लागेको चट्याङले घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यालय कटारीले जनाएको छ।