काठमाडौं । ९ दिनदेखि बेपत्ता भएका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटिएको छ । ९ दिनदेखि बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छेउमा बोरामा ‘प्याक’ गरिएको अवस्थामा पाइएको हो ।
प्रहरीले घटनामा संग्लनाताको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । झापामा एक साताअघि पनि ३३ किलो सुन हराएको प्रकरणमा एकजनाको हत्या भएको थियो ।