इक्राही बस्तीमा आगलागी भएपछि रोगको संक्रमणको खतरा

<span class='c1'>इक्राही बस्तीमा आगलागी भएपछि</span> <span class='c2'>रोगको संक्रमणको खतरा</span>

इटहरी, चैत ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ ।

आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिनुभयो ।

आगलागीमा परी मरेका थुप्रै बाख्रा पाठा र गाई गोरुको व्यवस्थापन नगर्दा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो थियो ।
अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझै कहीँबाट राहत उपलब्ध हुन नसकेको अर्का पीडित गोपी यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्