पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न सुरु

<span class='c1'>पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने</span> <span class='c2'>सागसब्जीको विषादी जाँच गर्न सुरु</span>

काँकडभिट्टा, चैत ७ गते । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ ।

आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।

संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताउनुभयो ।

टोलीले सब्जीको नमूना संकलन गरी जाँचका लागि बिर्तामोडस्थित प्रयोगशाला पठाएको थियो । विषादीको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले बिर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतबार लिइएको सब्जीको नमूनामा विषादीको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने लेभलभन्दा न्यून पाइएको जानकारी दिनुभयो ।

जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०.००२२ प्रतिशत र कार्वामेट १.२६७० प्रतिशत पाइएको छ ।

यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२.७२८ र कार्वामेट २.५१८३ पाइएको छ । काक्रामा अर्गेनोफोस्फेट ८.४७८८ र कार्वामेट २.३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०.३०४३ र कार्वामेट ३.२३८७ प्रतिशत पाइएको छ ।

जाँचले भारतबाट आयातीत हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्