ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी

<span class='c1'>ताप्लेजुङ सदरमुकाम</span> <span class='c2'>फुङलिङ बजारमा आगलागी</span>

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार बिहान ६ बजे फुङलिङमा रहेको एक होटलमा ‘होटल ईको भ्यू पोइन्ट’मा आगलागी भएको हो ।

आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्