इलाममा सुरक्षित प्रसूति गराउनेभन्दा गर्भपतन गराउने बढे

<span class='c1'>इलाममा सुरक्षित प्रसूति गराउनेभन्दा</span> <span class='c2'>गर्भपतन गराउने बढे</span>

सुरक्षित प्रसूति गराउनेभन्दा गर्भपतन गराउनेको संख्या धेरै रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार तीन आर्थिक वर्षमा चार हजार ८०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका  र चार हजार १५४ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।
सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका दीपेन्द्र आचार्यले बताए । उनका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्षमाथिका चार हजार ३२२ जना र  २० वर्षमुनिका ४८३ जना रहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा एक हजार १७४ जना, २०७२÷७३ मा एक हजार ८१५ जना र २०७३÷७४ मा एक हजार ८१६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै आव २०७१÷७२ मा एक हजार ४७० जना, आव २०७२÷७३ मा एक हजार २८८ जना, आव २०७३÷७४ मा एक हजार ३९६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । इलामका विभिन्न स्थानका २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरले सुरक्षित गर्भपतन सेवा दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्