नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी कार्यरत रहेका दुई सैनिक पोखरीमा मृत फेला

<span class='c1'>नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी कार्यरत</span> <span class='c2'>रहेका दुई सैनिक पोखरीमा मृत फेला</span>

इटहरी, १३ चैत : नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बिपी प्रतिष्ठान पु¥याइएको बताइएको छ ।मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्