विराटनगर बिमानस्थलमा यात्रु मात्र, विराटनगरबाट काठमाण्डौ उड्न चार घण्टासम्म होल्ड

<span class='c1'>विराटनगर बिमानस्थलमा यात्रु मात्र, विराटनगरबाट</span> <span class='c2'>काठमाण्डौ उड्न चार घण्टासम्म होल्ड</span>

सुमन सुस्केरा
विराटनगर, २३ चैत ।
विराटनगरमा नियमित उडान अबतरण नहुँदा लामो समयसम्म यात्रु जहाजको प्रतिक्षामा बस्नु पर्ने बाध्यता बिगत केही दिन देखि शुरु भएको छ । केही दिन अघि मात्र काठमाण्डौ जानको लागि बिराटनगर विमानस्थल २ बजे पुगेर राती ९ बजे उड्नु भएकी सीमा आभासले विमान कम्पनीहरुको दादागिरीका कारण समस्या भएको भन्दै आफ्नो स्टाटसमा लेख्नु भएको थियो । तर यो क्रम त्यस यता निरन्तर दोहोरी नै रहेको छ । शुुक्रवार पनि त्यही नै अबस्था आयो । दिउँसो १ बजेदेखि विमानस्थल पुगेका यात्रुहरु यो समाचार तयार पर्दा ५ बजेर ३० मिनेट जाँदासम्म पनि बिमानस्थलमा विमान कुरेर बसिरहेका थिए । दिउँसो २ बजेका लागि बोलाईएको बुद्ध एयर लाएन्सको यु फोर ७०८ उडान नम्बरको जहाज साँझ ५ बजे ३० बजेसम्मपनि बिराटनगर बिमानस्थलमा आएको थिएन । त्यस्तै ३ बजेर ५ मिनेटको फ्लाईट नम्बर ७१० नम्बर उडान गरेर आउने जहाज पनि आउन सकेको थिएन । यस्तै यति एयरलाईन्सको बिमान पनि झण्डै १ घण्टा ढिलो गरी आएको थियो । त्यस्तै सौर्य एयर लाएन्सको ३ बजेर ५ मिनेटमा उडान हुनुपर्नेे ७२२ उडान नम्बरको जहाज पनि साँझ ५ बजेर ३० मिनेटसम्म पनि आएको थिएन ।
बुद्ध एयरको उडान नम्बर ७०८ बाट काठमाडौँको जान जहाज पर्खिएर बस्नु भएका रेवतबहादुर कार्कीले एयरलाईन्सहरुले अन्यत्र उडान भर्दा यात्रुले सास्ती पाएको आरोप लगाउनु भयो । उहाँका अनुसार, ‘बिराटनगरमा रात्री उडान समेत भर्न सजिलै सकिने भएपछि एयरलाएन्सहरुले दिनभर अन्यत्र उडान गर्ने र साँझ मात्र बिराटनगर र भैरहवा लगायतका क्षेत्रमा उडान गर्ने गरेका छन् ।’
एयर ट्राफिकको कारणले गर्दा समस्या भएको विराटनगर विमानस्थलले बताउँदै आएको भएपनि एयर ट्राफिककै बिचमा कसरी एतिले आफ्नो उडान बिराटनगर ल्यायो ?यो गम्भीर बिषय हो कार्कीले गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्