धनकुटाका बेसी तथा फाँटका कृषक चैते धान लगाउन व्यस्त

<span class='c1'>धनकुटाका बेसी तथा फाँटका कृषक</span> <span class='c2'>चैते धान लगाउन व्यस्त</span>

धनकुटा । धनकुटाका बेसी तथा फाँटका कृषक यतिबेला चैते धान लगाउन व्यस्त छन् । तर कामदार अभाव, उन्नत जातको बिउ, प्रबिधि ज्ञान सिँचाइ सुबिधा अभावका कारण चैते धान उत्पादन गर्ने कृषक समस्यामा परेका छन् ।

धनकुटाको सागुरीगणि गाँउपालिका बडा नम्बर ६ सिम्सुवाका कृषक यतिबेला चैते धान लगाउन व्यस्त भएका छन् । तर यो गाँउमा चैत्रे धान खेति गर्ने कृषकको संख्या भने बर्षेनी घट्दै गएको छ ।

केही बर्ष अघिसम्म गाँउका ४० परिवार भन्दा बढीले चैते धानको खेती गर्ने गरेकोमा अहिले भने करीब १५ परिवारले मात्र चैतेधानको खेती गर्ने गरेका छन् ।

सिम्सुवा जस्तै जिल्लाका अन्य बेँसी तथा फाँटमा समेत अवस्था उस्तै छ । सिँचाइ सुबिधा, कामदार, पर्याप्त भएका ठाउँका कृषकलार्इ चैते धान लगाउन भ्यार्इनभ्यार्इ भए पनि बाँकी क्षेत्रको जमिन बाँझै रहने गरेको छ ।

यो वर्ष भने पानी समयमा नै परेपनि कामदार अभावका कारण अधिकांश खेत बाँझै राख्न बाध्य भएको सागुरीगणि गाँउपालिका बडा नम्बर ६ सिम्सुवाका कृषक उत्तर लिम्बु बताउँछन् ।

आघिल्लो आर्थिक वर्षमा १४२५ हेक्टर क्षेत्रफलवाट करीब ३७२० मेट्रीकटन चैते धान उत्पादन भएको थियो । यो बर्ष भने १५७५ हेक्टर क्षेत्रफलवाट ६०६४ मेट्रीक टन मात्र चैते धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जनाएको छ ।

सिँचाई सुबिधा, मौसम अनुकुल, मल बिउको सहज उपलब्धता तथा जिल्ला कृषी बिकास कार्यलय धनकुटाले बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरेको कारण उत्पादन बढेको कार्यालयले जनाएको छ ।

जमिनको सदुपयोग गर्न सिँचाइ सुबिधा, उन्नत विउविजन, प्राबिधीक सहयोग भए चैते धानको उत्पादन र क्षेत्रफल बढ्ने सिम्सुवाका कृषक खेल बहादुर लिम्बुको भनाइ छ ।

जिल्लाको करिब २५ सय हेक्टर क्षेत्रफल चैतेधान उत्पादनको लागि योग्य भए पनि करीब ६० प्रतिशत क्षेत्रफलमा मात्र चैतेधानको खेती हुने गरेको जिल्ला कृषी विकास कार्यलयले जनाएको छ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्