म्याङ्लुङ । तेह्रथुमको जिल्लाको सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बू रहेका छन् ।
गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुले आइतबार राति गाई काटेको खुल्न आएको छ ।
उनीहरुलाई गाई काटेको मासु सहित पक्राउ गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय वसन्तपुर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।