दमकमा भयो यस्तो घटना : फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर छुरा हानाहान

<span class='c1'>दमकमा भयो यस्तो घटना : फेसबुकमा</span> <span class='c2'>लेखेको कमेन्टको विषयलाई लिएर छुरा हानाहान</span>

दमक । सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् ।

युवा समूहबीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार घाइतेद्वयले एउटी युवतीको फेसबुकमा कमेन्ट गर्दा अर्का युवाको समूहले सांघातिक आक्रमण गरेका थिए ।

घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्यचोकमा चक्कु र छुरी बोकेर ग्याङ फाइट हुँदा त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्