सिम्रिक आर.जे.हन्ट.को उपाधि हिमाललाई

<span class='c1'>सिम्रिक आर.जे.हन्ट.को</span> <span class='c2'>उपाधि हिमाललाई</span>

मोरङ, १६ वैशाख ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पहिलो रेडियो स्टेशन रेडियो सिम्रिकले आयोजनामा गरेको सिम्रिक आर.जे.हन्ट २०१८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि हिमाल दिप शंकरले आफ्नो पोल्टामा पारेका छन् । पथरीशनिश्चरेमा भएको यो कार्यक्रम प्रदेश नं. १ मै पहिलो पटक भएको आयोजकले जनाएको छ ।
वैशाख ८ गतेदेखि सञ्चालन भएको व्यक्तित्व विकास तथा रेडियो उद्घोषण तालिको ग्राण्ड फिनाले विशेष कार्यक्रमका बीच सिम्रिक आर.जे. हन्ट २०१८ घोषणा गरिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रेडियो सिम्रिकका व्यवस्थापन समितिका अध्यक्ष अमिर राईले गरे । आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले भर्खरै देशले संघीयताको अभ्यास गरिरहेकोले कार्य क्षेत्रको बारेमा जनता अलमलिरहेको बताए । उनले केन्द्रका प्रतिभाले सहजै चर्चा पाउन गाह्रो भैरहेको अवस्थामा सिम्रिक आरजे हन्टले मोफसलमा लुकेर रहेको प्रतिभालाई उजागार गर्न मद्दत गरेको उल्लेख गरे ।
रेडियो सिम्रिक आर.जे. हन्ट २०१८ को टाइटल मोरङ मिक्लाजुङका हिमाल दिप शंकरले जितेका हुन् । त्यस्तै अन्य विधाहरुमा उत्कृष्ट कार्यक्रम प्रस्तोता कविता राई, उत्कृष्ट मन्चीय उद्घोष मिना तामाङ, उत्कृष्ट कार्यक्रम उत्पादक अनिता गौतम र उत्कृष्ट समाचार वाचक एलिना दियाली घोषित भएका छन् । सिम्रिक आर.जे. हन्टमा उत्कृष्टमा उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीलाई रेडियो सिम्रिकले रोजगारी समेत प्रदान गर्ने रेडियोका स्टेशन म्यानेजर अशोक साम्पाङले बताए ।
एक हप्ता अघि सुरु भएको व्यक्तित्व विकास तथा रेडियो उद्घोषण तालिमको सहजीकरण एक्सन डेभलपमेन्ट मिडिया सेन्टरका निर्देशक शिरोमणी दवाडीले गरे । यस्तै हन्टको ग्रान्ड फिनालेमा गायक श्रीकृष्ण लुइटेल, सञ्चारकर्मी÷निर्देशक सन्तोष राई, भिजे÷मोडल सृजना सुब्बा र शिरोमणि दवाडीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्