आज २५६२ औं बुद्ध जयन्ती

<span class='c1'>आज २५६२ औं</span> <span class='c2'>बुद्ध जयन्ती</span>

काठमाडौं । आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

 

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्।

बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औँलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।

जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका थिए । अाफ्नाे कठाेर तपस्याबाट बुद्धत्व प्राप्त गरी अाफ्नाे ज्ञान संसार दिए, जसलार्इ अाज बाैद्ध धर्मकाे रूपमा मानिन्छ ।

अाजै उभाैली पर्व

किराँत समुदायको महान चाड उभौली पनि अाजै परेकाे छ । यस अवसरमा प्रधानमन्त्री अाेलीले उभाैली पर्वकाे पनि शुभकामना दिएका छन् । ‘स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना’ प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

 

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन्। बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्