सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा १५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी

<span class='c1'>सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा </span> <span class='c2'>१५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी</span>

सुमन सुस्केरा,
विराटनगर, १८ वैशाख
आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी सुविधा र औषधि उपचार सुविधाको बिषयमा खासै कसैको पनि ध्यान गएको देखिँदैन । तर अब मजदुर तथा श्रमिकको लागि सुरक्षा तथा उपचारको लागि श्रमिक अस्पताल बनाउने योजना अघि सारिएको छ । नेपाल सरकार श्रम मन्त्रालय मार्फत अहिले देशका २ स्थानमा अस्पताल बनाउने बारेमा जग्गा खोजीको काम भईरहेको छ । तर अहिलेसम्म मापदण्ड भित्र पर्ने गरी सुनसरीको दुहबीमा मात्र जग्गा फेला परेको छ ।

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री, उद्योगी ब्यवसायीको पहलमा दुहवी नगरपालिकाको वडा नम्बर ७मा जग्गाको अबस्था बुझ्न गएको टोलीले सोही जग्गामा अस्पताल निर्माणको लागि सिफारिस गर्ने निर्णय गरेको हो । दुहवी नगरपालिकाले ८ बिगाहा नम्बर िजग्गा सहित अन्य ऐलानी जग्गा सहित १२ बिगाहा जग्गा अस्पतालन निर्माणको लागि उपलब्ध गराउन तयार भएपछि अब अस्पताल बनाउनको लागि श्रम तथा रोजगार मन्त्रालयमा पहल थाल्ने तयारी छ।

श्रमिक अस्पतालमा १५ अर्ब लगानी हुने
सुनसरीको दुहबीमा श्रमिकहरुका लागि अस्पताल निर्माण गर्न बारेमा सहमती जुटेसँगै सबै क्षेत्रलाई उत्साहित पारेको छ । कोशी राजमार्ग भन्दा करिब अढाई किलोमिटर पश्चिममा रहेको ८ बिगाहा जमिनमा श्रमिक अस्पताल निर्माण हुन छ । त्यसका लागि संघीय सरकारको श्रम तथा रोजगा मन्त्रालयबाट स्वीकृती आबस्यक पर्छ । अहिलेको सामाजिक विकास कोषको सबै रकम थन्किएर बसेकोले श्रमिक अस्पताल निर्माणको लागि श्रम मन्त्रालयले स्वीकृती दिएपछि पुर्वाधार निर्माणको काम शुरु हुने छ । तर त्यसको लागि नेपाल सरकार, उद्योगी तथा श्रमिक बिचको त्रिपक्षिय सहमतीको आबस्यकता पर्छ । अनुगमनमा गएको टोली मध्यका सबैले यही जग्गालाई उपर्युक्त क्षेत्रको रुपमा रहेको भन्दै स्वीकार गरेपछि अब दुहबीमा श्रमिक अस्पताल बन्ने भन्ने बिषय विवादमा नगर्ने उद्योगी ब्यवसायीको भनाई छ ।प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे सहित, उद्योगी, श्रमिक आवद्ध ट्रेड युनियनका प्रतिनिधि, दुहबी नगरपालिका लगायतले स्थलगत स्थलको निरिक्षणका क्रममा सोही स्थान नै श्रमिक अस्पताल निर्माणका लागि उपयुक्त हुने ठहर गरेको हो । दुहबी नगरपालिकाले ८ बिगाहा जमिन उपलब्ध गराएपछि नेपाल सरकारको लगानीमा श्रमिक अस्पताल बन्ने भएको हो । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले श्रमिक अस्पताल निर्माणका लागि श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँग कुराकानी गरी यसैहप्ता भित्र सबै प्रक्रिया अगाडि बढाउने बताए ।

उद्योगी मुकेश उपाध्यायले औद्योगिक करिडोर भित्रै जग्गा उपलब्ध भएकाले यसलाई नमुनाको रुपमा श्रमिक अस्पताल बनाउने बिषयमा सबै सहमत भएको उल्लेख गरे । उनले भने, ‘हामी श्रमिक अस्पताल निर्माणका लागि सक्दो सहयोग गर्छौ ।’

दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छेदारले अस्पताल निर्माणका लागि आवस्यक जग्गा उपलब्ध गराउन तयार रहेको औल्याए । दुहवी नगरपालिकाले ८ बिगाहा एकै ठाउँमा नम्बरी जग्गा र बाँकी ४ बिगाहा ऐलानी जग्गा समेत एकै ठाउँमा रहेकोले समस्या नरहेको उनको भनाई छ ।
नेपाल सरकारले बारा र सुनसरीलाई आधार बनाएर श्रमिक अस्पताल निर्माणको लागि जग्गा खोजी गरिरहेको अबस्थामा लामो समयपछि यो जग्गा फेला पारेको हो । यस अघि सुनसरीकै रामधुनीमा जग्गा हेरिएकोमा केही प्रक्रिया झण्झटिलो रहेकोले अन्यत्र जग्गाको खोजी भईरहेको थियो । ‘अब यहाँको जग्गा सबैलाई मन परेको छ, श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले भने, ‘श्रमिक अस्पताल बनाउनको लागि निर्णय सहित प्रतिबेदन पठाउँछौ ।’नेपाल सरकारले नेपालभरीमा एउटा श्रमिक अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उनले नेपाल सरकारको मापदण्डमा पर्ने ८ बिगाहा जग्गामा ५ सय शैयाको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको बताए । अहिले नेपाल सरकारको सामाजिक विकास कोषमा १५ अर्ब रुपैया रहेकाले त्यही रकमले अस्पताल निर्माण गर्ने सरकारको योजना रहेको उनले सुनाए । 
श्रमिकमा खुसी

अन्तराष्ट्रिय श्ररुमिक दिवस मनाई रहँदा अप्ठेरो अबस्थामा उयपचार गर्नै नपाएर मर्नु पर्ने बाध्यात्मक अबीस्थाको अन्त्यको लागि निर्माण हुने भनिएको श्रमिक अस्पतालले उद्योगमा काम गर्ने श्रमिकलाई लक्षित गर्ने छ । श्रमिकहरुका लागि अस्पताल बन्ने भएपछि मजदुरहरु पनि खुसी भएका छन् । नेपाल सरकारले श्रमिक तथा तिनका परिवार र सन्तानलाई न्युन शुल्कमा राम्रो स्वास्थ सेवा उपलब्ध गराउनको लागि श्रमिक अस्पताल निर्माणको योजना ल्याएको हो । दुहबीका मजदुर गुलावचन्द्र चौधरीले सरकार, उद्योगी र मजदुरको पहलमा निर्माण हुन लागेको अस्पतालले अफुहरु जस्ता मजदुरले फाईदा पाउने बताए । श्रमिक अस्पतालनको निर्माणसँगै मजदुरको भविश्यलाई उजागर गर्नेमा उनले खुसी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्