झापाको दमकमा वडाध्यक्ष भीम पौडेलको घरमा बम विष्फोट

<span class='c1'>झापाको दमकमा वडाध्यक्ष भीम</span> <span class='c2'>पौडेलको घरमा बम विष्फोट</span>

दमक, जेठ ७ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटको छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो । विष्फोट गराउनेको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना आएका सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

राई सोही अस्पतालकी कर्मचारी भएको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको विज्ञप्तिमा त्यस्तो चेतावनी दिइएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्