ओवी समाचार प्रभाव :विराटनगरमा भटाभट पानी उद्योगमा निरीक्षण र शिलबन्दी हुन थाल्यो

<span class='c1'>ओवी समाचार प्रभाव :विराटनगरमा भटाभट पानी</span> <span class='c2'>उद्योगमा निरीक्षण र शिलबन्दी हुन थाल्यो</span>

प्रेम देवान

विराटनगर ९ साउन । पछिल्लो समय विराटनगरको बजारमा पिउने पानीमा मिसाउट त कतै लामखुट्टेका लार्भा भेटिन थालेपछि बजार अनुगमनलाई तिव्रता दिन थालेको छ ।
केही दिन अघि आवर विराटनगरले “विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते” भनेर समाचार भिडीयो सहितको समाचार प्रशारण गरेको थियो ।

त्यस लगतै प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले मापदण्ड पुरा नगरी संञ्चालनमा ल्याएका आधा दर्जन बढी पानी उद्योगमा शिलबन्दी गरिएको छ ।

विराटनगर ६ मा रहेको धनवन्तरी पानी उद्योगमा अनुगमन गरेको थियो । अनुगमनको जिम्मा लिएको जिल्ला प्रशासन कार्यलय मोरङले पानीको नमुना जाचको लागि खाद्य प्रविधीमा पठाएको छ ।
विराटनगर ६ रन्जित साहले ३ महिना अघि संञ्चालनमा ल्याएको पानीमा लामखुट्टेका लार्भा भेटिएपछि तत्काल पानी उद्योगमा अनुगमन गरिएको थियो ।

यसैविच अनुगमन टोलीले विराटनगर– १२ मा भोला बरालको पूरानो गाई गोठमा सञ्चालित भूमि जल उद्योगले खाद्य अनुज्ञापत्र लिएको कागज पत्र देखाउन नसक्दा शिलबन्दी गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका उपसचिब गोपिप्रसाद घिमिरेका अनुसार बन्द कोठामा पानीको रिफिलिङ गर्नुपर्ने भएपनि खुला कोठामा सञ्चालन गरेको पाइएपछि शिलबन्दी गरेको हो ।

यसैविच विराटनगर– ९ गोदाममा खुला रुपमा सञ्चालित मंगलम वेभव्रेज उद्योगलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनको क्रममा घरका कोठाभित्र सञ्चालित प्रजापति जल उद्योगलाई प्लान्ट सार्न निर्देशन दिइएको छ ।
योगेश अग्रवाल र रेनुका रेग्मी सञ्चालक रहेको मंगलमले खुल्ला गोदाममा जारमा पानी उत्पादन गरी बिक्री गर्दै आएको थियो । अनुगमन समितिले तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

त्यस्तै विराटनगर १० मा शशि जल उत्पादन गर्दै आएको प्रजापति जल उद्योगले घरको कोठामा प्लान्ट राखेको पाइएको थियो । अनुगमन समितिले बोतलमा पानी बिक्री गर्न अनिवार्य रुपमा अटोमेटिक फिलिङ मेसिन जडान गर्न निर्देशन दिएको छ ।
उता अनुगमन टोली हुलास वाटर इन्ड्रस्टीज, जोनसन जल र दिब्य श्री जल उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा हुलास वाटर इन्ड्रस्टीजले पोटासियम बाइकार्बोनेट प्रयोग गर्ने गरेको पाइएको छ । बजार अनुगमनलाई अब निरन्त्तरता दिने जिल्ला प्रशासन कार्यलय मोरङका सहायक सिडीयो उमेश पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्