कटहरीमा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

<span class='c1'>कटहरीमा पानी जमेको खाल्डोमा</span> <span class='c2'>डुबेर बालिकाको मृत्यु</span>

विराटनगर १० भदौ । मोरङ जिल्लाको कटहरी गाउँपालिका(२ बस्ने राम प्रसाद राजवंशीको २ वर्षकी छोरी नैना राजवंशी घर नजिकै पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको छ । शनिबार साँझ ५ बजे घर नजिकै खेल्ने क्रममा नैना अचानक पानी जमेको खाल्डोमा खसेपछि स्थानीयले उनलाई उद्दार गरेका थिए ।

बालिकालाई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिकाको शव पोष्टमार्टम पश्चात बेलुकी ७ बजे आफन्तलाई बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्