विराटनगर, २२ भदौ ।
तिज संस्कृती की विकृती ? एक नम्बर प्रदेशका जनप्रतिनिधि महिला भन्छन् यो महिला शसक्तिकरणको आन्दोलन हो । विराटनगरमा संवाद समुहले आयोजना तिज लक्षित छलफलमा तिजलाई एक महिनासम्म महिला सशक्तिकरणको आन्दोलनको रुपमा अघि सार्नुपर्ने बताए । एक नम्बर प्रदेश सभाकी उपसभामुख सरवती पोखरेलले तिजलाई भड्किलो गराउनु नहुने बताएकी छिन् । बिशेष गरी आफ्ना पिडा, माईती, दुःख सुखको गुरा गर्ने चाड बिस्तारै सामुहिक रुपमा मनाउन थालिएको बताईन् । सबै सँगै मनाउने भावनात्मक रुपमा एकको कुरा अर्कोलाई साटासाट गर्ने भएकोले अहिलेको तिजको त्यो पक्ष राम्रो भएको उल्लेख गरिन् । तर भड्किलो र उत्ताउलो तिज हुनु नुहने उनको धारणा छ ।
विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दिरा कार्कीले तिज नेपाल र नेपालीको पहिचान भएको बताईन् । तर मनाउने शैली परिवर्तन भएको स्वीकार गरिन् । तिज पर्बले संस्कार र संस्कृती सिकाउनु पर्ने भन्दै तीजलाई महिला शसक्तिकरणको रुपमा अगाडी लगिनु पर्नेमा जोड दिईन । ‘ठुला होटेलमा तिज मनाउने मनपरी पैसा माग्ने अनी पैसा नपुग्दा अप्ठेरो पर्ने खालका बाध्यता आउनु हुँदैन, उनले भन् ि, अहिले कतिपय अबस्थामा देखिएका तिजका गतिबिधिले त्यही कुराको संकेत गर्छ ।’ तर त्यसो भन्दैमा सबै बिग्रियो भन्ने नभएकोले यसलाई सुधार गर्दै लैजानु पर्ने उनको तर्क छ । तिज भित्रका राम्रा कुरा अंगाल्ने नराम्रो कुरालाई बिस्तारै पन्छाउन सकियो भने सोचेको जस्तो हामी नेपालीहरुको तिजको रुपमा स्थापित हुने उनको भनाई छ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस समाज शास्त्रका सहप्राध्यापक चन्द्र उपाध्यायले नेपालीको पहिचान भनेको चाडपर्व भएकोले पहिचान झल्किने गरी चाडवाड मान्नु पर्ने बताए । हामीले मनाउने मौलिकता भएकोले मौलिकता हराउँदए गएको उनको चिन्ता छ । ‘तिजमा मात्र हैन हरेक चाडबाडमा बिकृती भित्रीएको हो भन्नेमा दुईमत छैन, उनले भने तर त्यो भन्ने बितिकै यसलाइ सुधार गर्नै सकिँदैन भन्ने चै हैन । नेपाली चाडपर्बलाई साँस्कृतीक पर्यटनकौ रुपमा स्थापित गराएर अघि बढाउने हो भने पर्यटक भित्र्याउन पनि सकिन्छ तर त्यसका लागि नेपाली साँस्कृतिक बिशेषता बोकेका चाडपर्बको महत्व लोप हुन दिनु हुँदैन ।’
संस्कृतीका जानकार प्रा.डा सोम खतिवडाले चाडपर्ब धेरै खालका भएपनि महिला सक्रिय हुने पर्ब निक्कै नै रमाईला हुने बताए । तर यस्ता चाड कला संस्कृती तथा मौलिकतासँग जोडिएर आउने भएकोले पहिलाका बिरह र संगिनीका स्वरहरु हराउँदै जान थालेको सुनाए । पहिला पहिला संगिनी र बिरह गाउने भएपनि पछिल्लो दिनमा यसको साँस्कृतीक महत्व हराउँदै गएर नयाँ रुपमा तिज मनाउन थालिएको उनको भनाई छ । उनले भने, ‘गित चै गित नै गाएर नाच्नु पर्छ भन्ने देखिन्छ तर पुराना संस्कार भने ओझेलमा परेका छन् ।’
महिला उद्यमी अञ्जु उपाध्यायले तिजको अहिलेको रुप हेर्दा अलिक बढी भयो की भन्ने देखिएको तर्क गरिन् । यो पर्बमा त संगिनी खेलेर नेपाली लोक संस्कृतीको पनि त संरक्षण गर्नु पर्ने हो त्यसो भएको छैन, उनले भनिन्, यो दिर्घायु निरोगीताको लागि पनि गरिने संस्कार हो र यसले संस्कार र संस्कृती सिकाउन सक्नु पर्छ यो हैन की हाम्रा संस्कार र संस्कृती नै लोप हुनसक्छ ।
प्रदेश सांसदहरु उमिता विश्वकर्मा, सावित्रा रेग्मी , यशोदा अधिकारी, कुसुम श्रेष्ठले महिलाले मनाउने तिजसँग समुदायको मिलन पनि जोडिएको बताए । सबैलाई तिजले समेट्ने गरी मनाईएका तिजहरु सामाजिक रुपान्तरणमा मात्र हैन महिला शसक्तिकरणको रुपमा पनि अघि आएको बताए । तर तिजलाई एक महिना मनाउँदा महिलाका मुद्दा लिएर अघि सर्न पर्नेमा अधिकांश सांसदको जोड छ । यस्तै कार्यक्रममा सिमा आभास, बिमला घिमिरे तथा प्रमिला थापाले अहिलेको तिजले कुनै गलत संस्कार नबसाएको बताए । तिज बर्षमा एक पटक मनाईने भएकोले यसको बिरोध कसैले गर्न नहुने तर्क गरे । अभिवक्ता निरा भगतले थारु समुदायमा एक दिन शुद्ध भएर मनाईने तिज आफु खुसी हुन मनाईने गरेको बताईन । उन अनुसार ‘महिलाले तिज मनाउँदा आफु खुसी हुन सक्नु पर्छ । यो हैन की अरुलाई दुःखी बनाउँदै आफु खुसी हुने ।’ कार्यक्रममा लिला रिजाल र कविता दाहालले तिजलाई सभ्य बनाइनु पर्ने बताए ।