जनचेतनाको कमीले सेवाग्राही आएनन

<span class='c1'>जनचेतनाको कमीले</span> <span class='c2'>सेवाग्राही आएनन</span>

विराटनगर, ९ बैशाख ÷ जनचेतनको कमीले गर्दा ग्रामिण भेगको स्वास्थ्य चौकीमा सेवाग्रावी नजाने गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।

मोरङको बैजनाथपुरमा सोमबार मानव अधिकार निगरानी समूहले आयोजना गरेको स्थानिय तहमा शिक्षा स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी प्रावधनहरुको कार्यन्यवन सम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन ।

बैजनाथपुर जनस्वास्थ्य कार्यालयका इन्चार्ज रमेश कार्कीले यहाँका स्थानियमा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीले गर्दा  स्वास्थ्य कार्यालयमा सेवा लिन नआएको जानकारी दिनुभयो । उहाँले भन्नभयो ‘स्थानिय स्वास्थ्य कार्यालयले विभिन्न निः शूल्क सेवाको साथै औषधि वितरण गर्दासमेत बैजनाथपुरमा न्यन संख्यामा सेवाग्राही आउने गरेको बताउनुभयो । त्यसको लागी मोरङको ग्रामिण भेगको गाविसहरुमा स्वास्थ्य सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु गर्न जरुरी रहेको औल्याउनुभयो । बैजनाथपुरमा रहेको स्वास्थ्य चौकीमा अहिले दैनिक ५ देखी १५ जना मात्र सेवाग्राही आउने गरेको कार्यालयको खातामा देखीएको छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका शंकरप्रदास देवले नेपाल सरकारले निः शूल्क रुपमा वितरण गरेको ३२ प्रकारको औषधिले बाल मृत्यदरमा कमी आएको बताउनुभयो । उहाँले सरसफाईको क्षेत्रमा ध्यान दिए स्वास्थ्य क्षेत्रमा केही मात्रमा सुधार हुने उहाँको भनाइ छ ।

त्यसैगरी नेपाली काग्रेसका पूर्व सभासद भुटनीदेवी खवासले  महिलाहरु आफैमा रोगको समस्या सहने कारणले गर्दा पनि स्थानिय स्वास्थ्य चौकी नजाने गरेको जानकारी दिनुभयो । उहाँले त्यसको लागी स्वास्थ्य कार्यालयबाट सेवाग्राहीले पाउने सेवाहरुको बारेमा स्थायिनलाई परामर्श दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बैजनाथपुर नेकपा एमालेका गाउँ उपाध्यक्ष उमेश राजवंशी, सार्वजानिक माविका प्राचार्य सूर्यनारयण भगवत, मानव अधिकार निगरानी समूहका सदस्य सदतु भगवतलगायतले बोल्नुभएको थियो ।

इन्सेक पूर्वाञ्चल क्षेत्रिय कार्यालय विराटनगरले शिक्षा, स्वास्थ्य र खाद्य सम्बन्धी स्थानिय स्तरमा निगरानी राख्नको लागी अहिले मोरङको चार वटा गाविसहरुमा निगरानी समूह गठन गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्