मोरङमा बन्ने नमुना साँस्कृतिक ग्रामले प्रदेशको मुहार फेर्ला ? सबै जातीय पहिचान झल्कने (भिडियाे)

<span class='c1'>मोरङमा बन्ने नमुना साँस्कृतिक ग्रामले प्रदेशको मुहार</span> <span class='c2'>फेर्ला ? सबै जातीय पहिचान झल्कने (भिडियाे)</span>

विराटनगर, २६ पुस ।
मोरङको पथरी शनिश्चरे नगरपालिका १० बहुजातिय सांस्कृतीक ग्राम स्थापना हुने भएको छ। बिभिन्न जातिय पहिचान झल्कने ग्रामहरुको स्थापनासँगै त्यसको बिचमा बहु साँस्कृतिक ग्रामको स्थापना गर्न लागिएको हो । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आफ्नो बजेट तथा कार्यक्रम भित्र सांस्कृतिक ग्रामको स्थापनाको लागि अध्ययन समेत शुरु गरेको छ । अम्रेला अर्जनाईजेशनको रुपमा सांस्कृतिक ग्रामको स्थापना गर्ने र त्यो भित्र बिभिन्न जात जातीको संस्कार संस्कृतीको संरक्षणको लागि त्यही ग्रामबाट काम हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनका अनुसार, पथरीमा सांस्कृतिक ग्रााम ३ धाम र लेटाङ नगरपालिकाको वडा नम्बर १ को राजारानीमा सांस्कृतीक ग्राम शान्ति धामको रुपमा विकास गर्न लागिएको हो ।
कसरी बन्छ सांस्कृतिक ग्राम
ग्राम स्थापनाको लागि पथरी शनिश्चरे नगरपालिकाको भुटानी शरणार्थी शिविरको खाली जग्गालाई सदुपयोग गर्ने तयारी छ । यहाँ भित्र रहेको १ सय बिगाहा जग्गालाई प्रयोगमा ल्याएर यही ठाउँमा सांस्कृतीक ग्रामको रुपमा स्थापना गर्न खोजिएको हो । अहिलले भुटानी शरणार्थी शिविर भएको स्थानका कतिपय भुटानी शरणार्थी कतिपय तेश्रो मुलुकुमा स्थानान्तरण भईसकेको र बाँकी रहेकाहरुलाई झापाको बेलडाँगी शिबिरमा ब्यवस्थापन गरेर त्यहाँ भित्र रहेको खाली जग्गालाई नमुना रुपमा ब्यवस्थित गर्ने तयारीमा प्रदेश सरकार देखिएको हो । नेपाल सरकारको नाममा रहेको जग्गा प्रदेश सरकार माताहतमा ल्याएर त्यसलाई प्रयोग गर्ने तथा नमुना सांस्कृतिक ग्रामको रुपमा स्थापना गर्न लागिएको मन्त्री घिमिरेले बताए ।
त्यो एक सय बिगाहा क्षेत्रको जग्गालाई बिभिन्न भागमा बिभाजन गरिने छ । हिमाली प्लट, पहाडी प्लट र तराई प्लट गरी बिभाजन भएको जग्गा भित्रै हिमालको अबस्थिती, रितिरिवाज, चालचलन तथा जन जीवनलाई जस्ताको त्यस्तै देखाईने छ । त्यस्तै पहाडी क्षेत्रको अबस्थिती, त्यहाँको भाषा संस्कृती र चालचलन झल्कने खालको बनाईने र तराईको प्लटमा पनि तराईको अबस्थाको सामाजिक चित्रण त्यहाँ पुगेपछिसहजै थाहा पाउने गरी सांस्कृतिक ग्रामको स्थापना गर्न लागिएको मन्त्री घिमिरेले सुनाए ।
त्यस्तै त्यही भित्र एउटा ठुला धार्मिक स्थलको हुबहु नमुनाको रुपमा विकास गर्न समेत लागिएको छ । प्रदेश १को खोटाङमा अबस्थित हलेसीको सचित्र अबस्था सहितको हुबहु निर्माण गरिने, सुनसरीको बराह क्षेत्र र ताप्लेजुङको पाथिभरालाई सचित्र जुन अबस्थामा अबस्थित छ सोही रुपमा त्यहाँ निर्माण गर्ने तयारी प्रदेश सरकारको छ ।
सांस्कृतिक ग्राम स्थापना गर्न लागिएको ठाउँमा अर्को एउटा प्राकृतिक सम्पदा प्लटको ब्यवस्था गरिने छ । जहाँ सगरमाथा देखि कञ्चनजंगासम्मको सचित्र हिमालको चित्रण गर्नेगरी काम शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव हरीप्रसाद दहालले प्रदेशको अबस्थालाई झल्काउने साँस्कृतिक ग्रामकोस्थपना गर्ने गरी तयारी भएको जानकारी दिए । पुर्ब सांसद चण्डी प्रसाद राई संयोजक रहने गरी १७ सदस्य अध्ययन कार्यदल बनाईएको छ । त्यस्तै कार्यदलको सदस्यहरुमा प्रा.डा. सोमप्राद खतिवडा, प्रा.डा.भिम खतिवडा, प्रा.डा. सनत बराल, कृष्ण आचार्य, टंक भण्डारी, गिता तिम्सिना, धनपति मैनाली, विक्रम श्री, मोहन तिम्सिना, ईरान राई, मनोज अधिकारी, मुकुन्द प्रयास, मोहन तुम्बापो, मृत्युन्जय झा, हेमनाथ अधिकारी रहेका छन् भने कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहाल रहेका छन् ।   सुमन सुस्केरा/विराटनगर

यस्ताे रिपाेर्ट

https://www.facebook.com/ourbrt/videos/1960343394272866/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्