संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव, ४५ परिवार बसाइँ सर्न बाध्य

<span class='c1'>संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव,</span> <span class='c2'>४५ परिवार बसाइँ सर्न बाध्य</span>

संखुवासभा,१९ जेठ । पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् ।

खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्