सगरमाथा राष्ट्रिय निकुन्जमा आगलागी

<span class='c1'>सगरमाथा राष्ट्रिय</span> <span class='c2'>निकुन्जमा आगलागी</span>

सोलुखुम्बु, १९ जेठ । सगरमाथा राष्ट्रिय निकुन्जमा आगलागी भएको छ। आइतबार बिहान ११ बजेबाट लागेको आगो अझैँ पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इन्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए। प्रहरी निरीक्षक लिम्बूका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने क्याम्जुमा भन्दा २०० मिटर तलको जंगलमा लागाको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।आगलागीबाट मानवीय क्षति नभए पनि १ वर्ग किलोमिटर जंगल विनास भइसकेको छ। स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सगरमाथा राष्ट्रिय निकुञ्जसहितको टोलीले साझ ६ बजेतिर आंशिक रुपमा नियन्त्रणमा ल्याउन सफल भएको छ। आगो लाग्नुको कारण भने खुल्न सकेको छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्