इटहरीमा १२ करोडको लगानीमा ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा

<span class='c1'>इटहरीमा १२ करोडको लगानीमा </span> <span class='c2'>‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा</span>

सुनसरी, २० जेठ । इटहरीका व्यवसायीले करीब रू. १२ करोडको लगानीमा होटल ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा ल्याएका छन् । होटलको आइतवार संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले उद्घाटन गरेका हुन् ।

प्रदेश नम्बर १ का धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रमा आउने आगन्तुकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको होटलका सीईओ जीवन पराजुलीले बताएका छन् । पर्यटकको सुविधायुक्त आवासका लागि होटल सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए ।

‘प्यालेसमा २३ ओटा कोठा, सेमिनार हल र पार्किङ लगायतका सुविधा छन्,’ होटलका अर्का अध्यक्ष ईश्वरी पराजुलीले भने, ‘होटलमा सुविधासम्पन्न स्वीट रूम, डिलक्स रूम र सामान्य रूम छन् ।

कार्यक्रममा कानून मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईं, प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेल, व्यवसायी टंक दुलाल, पर्यटन व्यवसायी सुनील भूषाल लगायतले होटलको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्