विराटनगर, २२ जेठ । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएका सुरक्षाकर्मीको युनिट पुनः राख्न सरकारको ध्यानाकर्षण गरेको छ ।
कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंह गन्गाईले आज एक विज्ञप्ति प्रकासित गरी सुरक्षा युनिट राख्न माग गर्नु भएको हो ।
विज्ञप्तिमा ऐतिहासिक महत्व बोक्ने निवासबाट सुरक्षाकर्मी हटाउनु दुःखद भएको उल्लेछ । गन्गाईले यो विषयमा चासो लिएर पहल गर्न कांग्रेसको केन्द्रीय समितिको पनि ध्यानाकर्षण गर्नु भएको छ ।
गृहमन्त्रालयले परिपत्र गरी निवाससहित पूर्वविशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मीलाई नियमित कामकाजमा खटिन निर्देशन दिएको थियो ।