मोरङमा आएका नयाँ एसपीको नयाँ जोश, प्राथमिकतामा सामुदायिक सुरक्षा र तस्करी नियन्त्रण

<span class='c1'>मोरङमा आएका नयाँ एसपीको नयाँ जोश,</span> <span class='c2'>प्राथमिकतामा सामुदायिक सुरक्षा र तस्करी नियन्त्रण</span>

विराटनगर, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आफ्नो कार्यकाल अवधिभर चारवटा कामलाई प्राथमितामा राखेर काम गर्ने बताउनु भएको छ ।

मोरङ जिल्लामा भर्खरै सरुवा भएर आउनुभएका एसपी अधिकारीले जिल्ला प्रहरी कार्यालयले गर्ने काम कारवाहीलाई चार भागमा विभाजन गरि प्राथमिकतामा राखेर आगाडी बढ्ने बताउनुभएको हो । जिल्ला प्रहरी कार्यलय मोरङले बिहिवार पत्रकार सम्मेलनको आयोजना पत्रकारसँग परिचयात्मक तथा अन्तरक्रिया गरेको हो । सोही क्रममा एसपी अधिकारीले सामुदायिक सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापन र नागरिक अव्यवस्थाको व्यवस्थापनसहित चार महत्वपुर्ण बिषयलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
मोरङ प्रहरीले सामुदायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मोरङ जिल्लामा प्रत्येक दिन ७ सय ९० र महिनामा २३ हजार ७ सय प्रहरी समुदाय लक्षित सुरक्षाका लागि परिचालन गरिएको अधिकारीले बताउनु भयो । ‘विराटनगर अहिले प्रदेश नम्बर एकको राजधानी भएका कारण पनि यसलाई अझ सुरक्षा व्यावस्थापनमा ध्यान दिनुआवश्यक ठानेका छौ, एसपी अधिकारीले भन्नुभयो, मोरङ जिल्लाका दक्षिणी भेगहरु खुला सिमा नाका भएका कारण चोरी, तस्करी र मानव ओसार पसार हुने भएकोले विशेष निगरानी राखिनेछ ।’
विराटनगरमा हुने हुण्डी कारोबारीलाई नियन्त्रण गर्ने , सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सडक प्रयोगकर्ता र सवारी चालकलाई लक्षित गरेर सचेतना कार्यक्रम संचालन गरिने समेत तयारीमा एसपी अधिकारी देखिनुभएको छ । सचेतना मुलन कार्यक्रमसँगै ट्राफिक ब्यवस्थापनमा प्रहरी सक्रिय भएर लाग्ने उहाँको दाबी छ । दिनदिनै हुने चोरी जस्ता घटनालाई रोक्न रानी भन्सारदेखि ५० किलोमिटर उत्तरसम्म अप्टिकल फाईवर बिछ्याउने काम भईरहेकोले अब चाँडै हरक क्षेत्रमा सिसी क्यामेराबाट निगरानी गरिने उहाँले दाबी गर्नुभयो ।
प्रहरीले आगामी दिनमा सुरक्षा सम्बन्धि सुचना र जानकारी लिनका लागि सामाजिक संजाललाई ब्यापक प्रचार प्रसार गर्ने तयारी गरेको छ । फेसबुक, ट्वीटर र युट्वुबको माध्यामबाट सुचना लिने र जानकारी दिने कामलाई प्राथमितामा राखिएको एसपी अधिकारीले बताउनु भयो । सुमन/प्रेम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्