विराटनगर,२३ जेठ ।
पछिल्लो पाँच बर्षमा देशमा महिला र वालिकाका बिषय प्राथमिकतामा पर्दै गएको सरोकारवालाले बताएका छन् ।
विराटनगरमा वियोङ बेइजिङ कमिटि र वाल समाज नेपालले आयोजना गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रममा सहभागी अधिकारकर्मी तथा जनप्रतिनिधीहरुले महिला र बालबालिकाका बिषय प्राथमिकतामा परेको बताए ।
कार्यक्रममा सहभागीहरुले महिलाको स्तर बढे पनि हिंसा र रुढीवादी परम्पराका कारण अझै महिलाहरु पीडित हुने क्रम भने नरोकिएको बताए । बेइजिङ सम्मेलनमा नेपालले पनि १२ बटा विषयमा काम गर्ने प्रतिबद्धता जनाएको २५ बर्ष पुगेको भन्दै सहभागिहरुले कानुनमा लेखिएका कुरा कार्यन्वयन भएमा महिलाको सहभागिता अझै बढ्ने बताएका हुन् ।
वाल समाज नेपालकी प्रमुख सीता पौडेलले २०२० मा जेनेभामाहुने बेइजिङ प्लस २५ सम्मेलनको तयारीकालागि रिपोर्ट पठाउने तयारीका रुपमा अगुवा महिलाहरुसंग प्रगती बारेमा छलफल गरिएको बताए ।