प्रदेश १ को नीति कार्यक्रमलाई बिपक्षीले भन्यो ‘शब्दको जलप मात्र’

<span class='c1'>प्रदेश १ को नीति कार्यक्रमलाई</span> <span class='c2'>बिपक्षीले भन्यो ‘शब्दको जलप मात्र’</span>

विराटनगर, २३ जेठ । प्रदेश १ का विपक्षी दलले डेढ घन्टा लामो भाषण गरेर ल्याइएको नीति तथा कार्यक्रमलाई  शब्दको जलप मात्र रहेको भनेको छ । प्रमुख विपक्षी  कांग्रेसका नेता राजीव कोइरालाले शब्दको जलप लगाएर सबै चिज समेट्न खोजिएको बताउँदै भने,‘‘बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो वर्ष पनि आएको थियो । तर, कति कुरा लागु भए । बजेट कति प्रतिशत खर्च भयो भन्ने हो । अहिले त्यसैको क्रमागत छ ।’’ प्रदेश सरकारले सबैको मुखमा मुस्कान भनेको तर पूँजीगत बजेट नै खर्च गर्न नसक्दा मुस्कान होइन रोदन भएको कोइरालाले टिप्पणी गरे ।

कांग्रेसका सांसद शेखरचन्द्र थापाले कार्यक्रमलाई ‘सपना उडान गर्ने तर अवतरण कसरी हुने’ भन्ने अन्योलपूर्ण भएको भन्दै अर्थ्याएका छन् । उनले भने,‘‘लोकप्रियता धङधङीबाट आएको छ । संघीय बजेटले समेत सबै काम गर्न भ्याउँदैन् । कसरी कार्यान्वयन हुन्छ भन्ने ठूलो प्रश्न छ ।’’

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले शब्द र अलंकार मात्र राम्रा भएको बताउँदै विगतकै शब्द कपी पुस्तक भर्ने काम मात्र भएको भन्दै टिप्पणी गरे । समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले नयाँ नारा छैन र तर पुरानैले निरन्तरता पाएको बताउँदै भने,‘‘कार्यान्वयन हुनेमा विश्वास छैन् ।’’ उद्योगी राजेन्द्र राउतले भने आद्योगिक विकासका लागि प्रदर्शनी केन्द्र, कृषिलाई प्राथमिकता दिनुले पनि सकारात्मक रुमा आशा गर्ने ठाँउ भने रहेको बताए । उनले भने,‘‘समग्रमा कार्यान्वयन पक्ष नै कस्तो हुने भन्ने छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्