भारतबाट बुलेटप्रुफ कार ल्याइने

<span class='c1'>भारतबाट बुलेटप्रुफ</span> <span class='c2'>कार ल्याइने</span>

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत बुलेटप्रुफ दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने भएको छ । कान्तिपुर दैनिक लेख्छ,सम्मेलनमा आउने राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने उक्त गाडीहरु नेपालसंग नभएपछि विभिन्न विकल्पमा छलफल भएपछि अन्तमा सरकारले यस्तो निर्णय लिएको हो ।

भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको टुरिजम ब्यूरोबाट त्यस्तो गाडी ल्याउने निर्णय भएको परराष्ट्र मन्त्रालय बरिष्ठ अधिकारीले बताए ।

भारत सरकारले शिखर सम्मेलन प्रयोजनका लागि नेपाललाई उक्त गाडी उपलब्ध गराउन लागेको हो । भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीलाई भाडामा लिने कम्पनीबाट नै भाडामा लिएर नेपाललाई उपलब्ध गराउन लागेको हो । गाडीको भाडा भारतले तिर्ने भए पनि ल्याउने भाडा भने नेपालले तिर्नुपर्ने हुन्छ ।

बुलेटप्रुफ गाडी कार्गो बिमानमा काठमार्डौ ल्याउने तयारी रहेको परराष्ट्र अधिकारीले बताए । अन्य गाडी भने केहीलाई गुडाएर र केही टेलरमा ल्याउने तयारी भएको पनि ति अधिकारीले बताए ।

यसको सबै ब्यवस्थापन भारत सरकारले नै गर्नेछ तर ल्याउन लाग्ने भाडा भने नेपाल सरकारले नै तिर्ने हुनाले भाडा भन्दा ल्याउने खर्च महंंगो पर्नेछ तर अर्को विकल्प नुहदा स्विकार गरेका हौ , एक अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्