कार्यदलले प्रतिबेदन बुझायो, राजनीति संग्राहलय विराटनगरको मिल्स एरियामा बन्ला त !

<span class='c1'>कार्यदलले प्रतिबेदन बुझायो, राजनीति संग्राहलय </span> <span class='c2'>विराटनगरको मिल्स एरियामा बन्ला त !</span>

विराटनगर, २६ जेठ । प्रदेश नं. १ को राजनीतिक संग्राहलय विराटनगरको मिल्स एरियामा राख्न सुझाव दिईएको छ । ओमनारायण कोइराला संयोजकत्वको १५ सदस्यीय कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै मिल्स एरिया राजनीतिक संग्राहलयका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ ।

करिव ६६ विघा क्षेत्रफल रहेको सो क्षेत्र राजनीतिक, औद्योगिक, सञ्चार लगायतको अग्रणी स्थल रहेकाले संग्राहलयका लागि उपयुक्त हुने सुझाव दिईएको कार्यदल संयोजक कोइरालाले बताए । वि.स.२००३ सालको मजदुर आन्दोलन, २००७ सालको प्रजातान्त्रिक आन्दोलनको उद्गम थलोको रुपमा मिल्स एरिया रहेकाले राजीतिक संग्राहलयको प्रस्ताव गरिएको संयोजक कोइरालाको भनाई छ । संग्राहलयसँगै पार्क, सालिक निर्माण गर्न पनि सुझाव दिईएको कार्यदल सदस्य यज्ञप्रसाद शर्माले बताए । संग्राहलयमा पुर्वप्रधानमन्त्रीहरु मनमोहन अधिकारी र गिरीजाप्रसाद कोइरालाको पूर्ण कदको सालिक र आन्दोलनका अन्य योद्धाहरुको छुट्टा छुटै सालिक निर्माण गर्न पनि सुझाव दिईएको छ ।

५० बर्षपछिको सोच राखेर निर्माण गरिने संग्राहलयमा प्रेश नं. १ को पर्यटकीय क्षेत्रको सूचना केन्द्र र कोशेली घरको पनि प्रस्ताव गरिएको छ । प्रतिवेदन ग्रहण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्योगसँगै राजनीतिक उर्वर क्षेत्रको भूमीको रुपमा विराटनगर जुट मिल रहेको बताए । औद्योगिक दृष्टिकोण र राजनीतिक दृष्टिकोणले पनि सो क्षेत्र उर्वर भएकाले संरक्षण र सम्र्बद्धनमा मन्त्रालय लागि पर्ने  बताए ।

कार्यदलले जनआन्दोलनका योद्धाहरुसँग विराटनगर र काठमाण्डौंमा अन्र्तक्रिया र विभिन्न पार्क तथा संग्राहलयको अवलोकन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्