ईटहरीका मेयरले फिर्ता लिए नाकको हड्डी भाँच्ने धम्की

<span class='c1'>ईटहरीका मेयरले फिर्ता लिए</span> <span class='c2'>नाकको हड्डी भाँच्ने धम्की</span>

विराटनगर, २६ जेठ। चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुर्‍याउने आफ्नो मनशाय नभएको समेत बताएका छन् ।

मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्