झापामा ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने माता  प्रहरी नियन्त्रणमा

<span class='c1'>झापामा ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप</span> <span class='c2'>लगाउने  माता   प्रहरी नियन्त्रणमा</span>

झापा, ३१ जेठ ।  झापा मेचीनगर ९ बस्ने ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने मेचीनगर ९ मा बस्दै आएकी माता भनिने पवित्रा शिवाकोटीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार माता भनिने शिवाकोटीविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले शिवाकोटीमाथि अनुसन्धान सुरु भएको जानकारी दिए। प्रहरीको नियन्त्रणमा पनि बेला बेला उनी काम्ने चिच्याउने गर्दै आएको कार्कीको भनाइ छ।

आफूलाई दैवि शक्ति प्राप्त भएको भन्दै झारफुक गर्ने नाममा शिवाकोटीले ८१ वर्षीया वृद्ध महिलालाई बोक्सीको आरोप लगाएकी थिइन्। विगत लामो समयदेखि मानसिक रोगी रहेकी वृद्ध महिलाकी छिमेकी कुमारी चम्लागाईलाई केही दिनअघि उपचार गर्ने नाममा यातना दिएर माताले जबरजस्ती हातमा चक्कु त्रिशुल देखाएर बृद्धको नाम बकाएर बोक्सीको आरोप लगाएकी थिइन्।

पक्राउ परेकी माता भनिने शिवाकोटीलाई बोक्सीको आरोप लगाउने विरुद्धको  कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्