टेलिकमकोसेवा विस्तार

<span class='c1'>टेलिकमकोसेवा</span> <span class='c2'>विस्तार</span>

 

नेपाल टेलिकमले आर्थिक वर्ष २०७१÷७२ मा कुल २२ लाख ५८ हजार १ सय ८३ लाइन थप टेलिफोन वितरण गर्ने भएको छ । त्यस्तै सोही आवमा २० लाख मोबाइल लाइन वितरण गर्ने योजना रहेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।

मोबाइल सेवाप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै मुलुकभर गुणस्तरीय थ्रीजी सेवा उपलब्ध गराउन थप वीटीएस जडान गर्न लागिएको भनाई छ । त्यसैगरी चालु आवमा सीडीएमए प्रविधिका २ लाख लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । यस आवभित्र आइपीसीडीएमए सेवाको विस्तार गरी ७५ वटै जिल्लाका ग्रामीण क्षेत्रमा समेत सेवा सञ्चालनमा ल्याइले टेलिकमले जानाएको छ ।

पीएसटीएन (ल्याण्ड लाइन) सेवाका २५ हजार ९ सय ५६ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । टेलिकमले आफ्नो सेवा विस्तार गर्ने क्रममा मुलुकमा प्रमुख सहरहरूमा कस्टुमर एक्स्पेरियन्स सेन्टर (सीइसी) सञ्चालनमा ल्याउन लागेको छ । यसैगरी टेलिकमले एडीएसएलको ३२ हजार २ सय २७ लाइन वितरण गर्ने भएको छ । यसैबीच गत आवमा टेलिकमको ग्राहक आधार १ करोड ९ लाख ४ हजार ४ सय ६२ थियो । सो अवधिमा १७ लाख २८ हजार ४ सय लाइन टेलिफोन वितरण गरेको बताइएको छ । त्यस्तै ४६ लाख ३ सय ५२ इण्टरनेट ग्राहक रहेको टेलिकमले बताएको छ । जुन अघिल्लो आवको भन्दा १४ लाख २२ हजार ६ सय ८५ ले बढी हो । टेलिकमले गत आवमा ३९ अर्ब २६ करोड ८४ लाख राजस्व आर्जन गरेको छ । यसैगरी सो अवधिमा करपछिको मुनाफा ११ अर्ब ६८ करोड ११ लाख रहेको टेलिकमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्