धरान, ९ असार । धरानमा प्राबिधिक मेला हुने भएको छ । त्रिभुवन विश्वबिद्यालयको प्रदेश १ को एकमात्र आङ्गिक ईन्जिनियरिङ क्याम्पस पुर्वन्चाल क्याम्पसमा डेल्टा वान प्वाईन्ट शुन्य नामक प्राबिधिक मेला हुने भएको हो ।
यही असार १३, १४ र १५ गते प्राविधिक मेला हुनेछ । क्याम्पसमा गैर राजनैतिक, गैर नाफामुलक समुहहरुको आब्हानमा हुने मेलामा Ideathon, Hackathon, Buildcon, Codecamp Photography लगयत प्रविधिक प्रतिस्पर्धा हुनुका साथै विद्यार्थी बाट बिकसित प्रोजेक्ट र प्रविधीहरुको प्रदर्शनी समेत गरिने भएको हो । प्राबिधिक मेलामा विद्यार्थीहरुका बिच उद्यमशिलता, अन्वेषण, र दिगो विकासको अवधारणा स्थापित गरी देशको प्राविधिक पक्षलाई सुदृढ गर्ने लक्ष्य लिएको मेला संयोजक बिजय सेढाईले जानकारी दिए ।
तीन दिनसम्म हुने मेलामा प्रारम्भीक कार्यक्रम र पुर्ब कार्यक्रम लगायत पूर्वका बिभिन्न बिद्यालयहरुमा अभिमुखकिरण भएको सेढाईले जानकारी दिए ।
डेल्टा आयोजकले सुनसरी, झापा, चितवन र मोरङको बिभिन्न ठाउँका बिद्यालयमा रोबोटिक्सको कार्यशाला पनि गरिसकेको छ । दिगोबिकासको लक्ष्य प्रती बिद्यार्थीहरुलाई सजक गराउन बिभिन्न सेमिनारका साथै स्वास्थ्यको सम्बन्धमा महिला लक्षित पुन प्रयोग हुनसक्ने प्याड र मानसिक स्वास्थ्य सम्बन्धि कार्यशाला समेत गरेको जनाएको छ ।
सिजी होल्डिङको सहकार्यमा क्याम्पसमा रोजगार मेलाको समेत आयोजना गरिने आयोजकले जनाएकोे छ ।