बिर्तामोडका मेयरले गाडी र घरको क्षतिपुर्ति बिमाबाट लिएपछि सरकारसँग ३० लाख मागेको पुष्टि

<span class='c1'>बिर्तामोडका मेयरले गाडी र घरको क्षतिपुर्ति बिमाबाट</span> <span class='c2'>लिएपछि सरकारसँग ३० लाख मागेको पुष्टि</span>

झापा, १० असार । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपुर्ति लिएका बिर्तामोडका मेयर ध्रुबकुमार सिवाकोटीले एक वर्षअघि नै दुबैको बिमा रकम लिएको खुलासा भएको छ।

२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लक्ष्मी काफ्लेले लेखेका छन्।

‘मेयर साबले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो शाखामा निवेदन हाल्नु भएको थियो। २२ असार ०७५ मा दुबैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ५८ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्