पाँचथरमा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

<span class='c1'>पाँचथरमा अवैध भरुवा</span> <span class='c2'>बन्दुकसहित एकजना पक्राउ</span>

जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् ।

आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए ।

तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको पौडेलले बताए ।

तामाङलाई सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्