सुनसरी र मोरङमा करेन्ट लागेर दुईजनाको विराटनगरमा उपचारको क्रममा मृत्यु

<span class='c1'>सुनसरी र मोरङमा करेन्ट लागेर</span> <span class='c2'>दुईजनाको विराटनगरमा उपचारको क्रममा मृत्यु</span>

बिराटनगर साउन १ । करेन्ट लागेर सुनसरी र मोरङमा दुईजनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैचामा नगरपालिका ५ मा रहेको गृल उद्योगमा काम गर्दै आएका एकजना र अर्का सुनसरीको इनरुवामा नगरपालिका ८ घरमा घरमा बत्तीको स्वीच विग्रीएर मर्मत गर्नेक्रममा अर्का एक जनाको मृत्यु भएको हो ।

मोरङमा मृत्यु हुनेमा भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीलाइ गृल उद्योग नजिकै रहेको एक खाजा घरको होडिङ बोर्ड विग्रेपछि बनाइरहेका बेला करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर भएका उनको उपचारको क्रममा विराटनगरमा ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालले बताएका छन् । त्यसैगरी सुनसरीमा मृत्यु हुनेमा इनरुवा नगरपालिका ८ का १८ वर्षीय अजय मेहता रहेका छन् । उनको घरमै बिजुलीको स्वीच मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्