झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला

<span class='c1'>झापाको मेचीनगरमा कालाजारको</span> <span class='c2'>नयाँ रोगी फेला</span>

झापा,३ साउन । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।

 वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए। मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

बिहीबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्किने कार्यक्रम शुरु गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो जसलाई ‘लिसमेनियासिस’ पनि भन्ने गरिन्छ । यो रोग सङ्क्रमित पोथी जातको एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।

 यसअघि नै गत असारमा भद्रपुर नगरपालिका–१० मा तीन र कचनकवल गाउँपालिका–५ मा एक कालाजारका रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका अधिकृत वेदप्रकाश घिमिरले बताए। उनले सङ्क्रमित व्यक्ति भेटिएको स्थानमा थप रोगलाई फैलिन नदिनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर भुसुना मार्ने औषधि छर्कने काम भइरहेको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्