पहिरोले बन्द मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि खुल्ने,हेलिकप्टर चार्टर गर्न बाध्य

<span class='c1'>पहिरोले बन्द मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि</span> <span class='c2'>खुल्ने,हेलिकप्टर चार्टर गर्न बाध्य</span>

सोलुखुम्बु, ३ साउन । मध्यपहाडी लोकमार्गको घुर्मीबाट खुर्कोटसम्मको सडक अवरुद्ध भएपछि सोलुखुम्बुबासी हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् ।

गएको असार २७ गतेको पहिरोले मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध भएपछि सोलुखुम्बुबाट राजधानी काठमाण्डौ जाने यात्रुहरुले हेलिकप्टर चार्टर गर्ने गरेका छन् ।

सोलुखुम्बुबाट सडक मार्ग हुँदै काठमाण्डौ जोडिने एक मात्र सडकखण्ड नै पहिरोले अवरुद्ध भएपछि बिरामी तथा अति आवश्यक काम भएर काठमाण्डौ जाने यात्रुहरुलाई सास्ती भएको छ ।

झण्डै एक हप्तादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो ।

लोकमार्ग सञ्चालनमा ल्याउन सिन्धुली र उदयपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भैरहेको उहाँले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्