बिराटनगर, ४ साउन ।
चट्याङले लागेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । ईलामको चुलाचुली गाउँपालिकाल ३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले लागेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।
यसैगरी झापाको बाह्रदशी गाउँपालिका ६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले लागेर घाईते भएका छन् । घाईतेहरुको बि.एण्ड.सी.अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।