बर्षौदेखि ब्यवस्थापन हुन नसकेको विराटनगर हिमालय रोडको डुवान (भिडियो रिपोर्ट )

<span class='c1'>बर्षौदेखि ब्यवस्थापन हुन नसकेको विराटनगर हिमालय</span> <span class='c2'>रोडको डुवान (भिडियो रिपोर्ट )</span>

प्रेम देवान
विराटनगर, ८ साउन ।
प्रदेश १ को स्थायी राजधानी सामान्य बर्षामा पनि जलमग्न हुने गरेको छ । बुधबार विहानैदेखिको पानी परिरहेको थियो । करिब डेढ घन्टासम्म परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश ठाँउहरु जलमग्न भएका हुन् ।
विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको कामले बर्षाको समयमा अस्तव्यस्त बनाएको हो । वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएका छन् । बजारका मुख्य सडकहरू खनेर हप्तौसम्म काम अघि नबढाइ छोडिएको छ । जसका कारण सवारीसाधन देखि पैदल यात्रीलाई हिँडडुलमा निकै समस्या परेको छ ।

सवैभन्दा बढी विराटनगरको हिमालय रोडमा पानी जमेको देख्दा ताल जस्तै देखिन्थ्यो । नाला र रोड भरिएर पानीको निकासा नहुदाँ उक्त स्थान डुवानमा पर्ने गरेको छ । झट्ट हेर्दा समुद्रमा जहाज चलिरहेको जस्तो देखिनेगरि सवारीका साधनहरु आउजाउ गरेका थिए । ट्राफिक चोकदेखि महेन्द्र चोक जाने हिमालय रोड विराटनगरको सबैभन्दा बढी ब्यस्त हुने ठाउँ हो । यो सडक झण्डै ६ महिनादेखि अस्तब्यस्त बनाएर छाडिएको छ ।
सडकमा हरेक बर्ष बर्षाको समयमा पानी जम्दा स्थानीय व्यापारीहरु पनि वाक्क भईसकेका छन् । ब्यापारी भन्छन, ‘हरेक बर्ष भोग्दै आएको समस्याको बारेमा कसैले सुनेन ।’
प्रायः सधै हिँडिआएको रोड पानी जमेको बेला प्रयोग गर्न निकै नै आट गर्नुपर्छ । विराटनगरका सडकहरुमा जमेका पानीले गर्दा ठूला सवारी साधन भन्दा पनि साना सवारी साधन समस्या हुने गरेको सवारी चालकहरु बताउछन् ।
सँधैको समस्या
पानी जम्नुभन्दा अगाडी महानगरले कहिल्नै सोचेन की पानी पर्नासाथ हिमालय रोडमा समस्या जम्छ भनेर । बिगत बर्षहरुदेखिकै समस्या समाधानको पाटोमा कसैको पनि ध्इान गएन । जब पानी परेर जलमग्न भयो सर्वसाधरण दुख भोग्न थाले अनि महानगरबाट एउटा जेसीवी पठाईयो । आफैले बनाएको नाला भत्काउन थालियो । महानगरबाट ईन्जिनियर घनश्याम काफ्ले सहितको टोली आएर जमेको पानीको नाला भत्काएको हो । महानगरले आफैले बनाएको नाला भत्काएर जमेको पानीलाई निकासा दियो । ईन्जिनियर काफ्लेले पानीेको सही निकास नहुँदा समस्या आएको बताए ।

https://www.facebook.com/ourbrt/videos/476012599830238/?v=476012599830238

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्