डिजेलको ट्यांकरमा लागुऔषध ! विराटनगरको पिपल चोकबाट सहचालक पक्राउ, चालक फरार

<span class='c1'>डिजेलको ट्यांकरमा लागुऔषध ! विराटनगरको </span> <span class='c2'>पिपल चोकबाट सहचालक पक्राउ, चालक फरार</span>

विराटनगर, ८ साउन ।  लागुऔषध भित्र्याउन तस्करहरूले अनेक उपाय लगाउँछन्। कहिले बालबालिका प्रयोग गर्ने, कहिले एम्बुलेन्स प्रयोग गर्ने, कहिले मोटरसाइकलको तेलको ट्यांकीमा हाल्ने लगायतका घटना यसअघि पनि सार्वजनिक भएकै हो। पछिल्लो पटक विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ।

भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा बुधबार प्रहरीले लागुऔषध फेला पारेको हो। प्रहरीले विराटनगर महानगरपालिका–४ पिपल चोकबाट सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजु र ट्यांकरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ। चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन्।

कोसी राजमार्गमा नो पार्किङ लेखिएको ठाउँमा पार्किङ गरेर राखिएको ट्यांकरलाई मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेल नेतृत्वको टोलीले नियन्त्रणमा लिने क्रममा त्यसभित्र लागुऔषध रहेको पत्ता लागेको हो। नियन्त्रणमा लिने क्रममा ट्यांकरभित्र चालक भने थिएनन्। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्यांकरबाट चार बोतल कोडिन नामक लागुऔषध फेला परेको बताए। उनले लागुऔषधको तीनवटा खाली बोतल पनि भेटिएको जनाए।

ट्यांकरमा चालक बस्ने नजिकै रहेको बक्साभित्र प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा लागुऔषध फेला परेको हो। नियन्त्रणमा लिइएको लिइएको ट्यांकर र पक्राउ परेका सह–चालकका बारेमा अनुसन्धान भइरहेको र फरार रहेका चालकको खाजी तीव्र पारिएको उनले बताए। उनका अनुसार ट्यांकरका चालक र सह–चालक दुवैजना लागुऔषध सेवनकर्ता भएको खुलेको छ।

लागुऔषध जोगवनीबाट ल्याएको भए पनि सेवन वा बिक्री कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पक्राउ परेको ट्यांकर विराटनगरका अब्दुल मन्नानको हो। बरौनी डिपोबाट जोगवनी नाका हुँदै नेपाल भित्रने पेट्रोलियम ट्यांकरमा पहिलो पटक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्