विराटनगर महानगरका १४ चोकमा फ्री वाइफाइ, मेयर भन्छन् ‘नगरका सवै ठाउँमा पुग्छन्’

<span class='c1'>विराटनगर महानगरका १४ चोकमा फ्री वाइफाइ,</span> <span class='c2'>मेयर भन्छन् ‘नगरका सवै ठाउँमा पुग्छन्’</span>

विराटनगर, ८ साउन ।
विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको महानगरपाकिलकाले जनाएको छ ।
महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मेयर पराजुलीले सञ्चारको युगलाई अझ फराकिलो बनाउने उदेश्य अनुरुप वाइफाइ जडान गरिएको बताए ।
उनले चुनावी घोषणापत्रमा समेत आफ्नो योजना रहेको र सोही अनुरुप पुरा गर्दै गएको दाबी गरे । आफुले प्रतिबद्धता गरेका कुराहरु पुरा गर्दै जाने संकल्पका साथ कामहरु भइरहेको पराजुलीको भनाई छ । सञ्चारको सहज पहुचका लागि नगरका सवै स्थानमा फ्री वाइफाइ जडान गर्ने लक्ष्य आफुले राखेको बताए ।
बुधवार मात्रै विराटनगरका पुष्पलाल चोक ,राजबंशी चोक ,ठूलोमिल चोक ,कञ्चनवारी ,कोशी अस्पताल ,मालपोत कार्यालय,जिल्ला प्रहरी कार्यालय ,भृकुटी चौक ,विराटनगर एरपोर्ट , विराटनगर बसपार्क, जिल्ला प्रशासन कार्यालय ,बरगाच्छी चोक ,हनुमान मन्दीर र ट्राफिक चोक लगायत १४ स्थानमा वाइफाइ जडान गरिएको छ ।
प्रत्येक चोकमा ५० देखी दुईसय जनासम्मले बाइफाइको प्रयोग गर्न सक्ने छन् । विराटनगर महानगर भित्र तत्काले ३२ स्थानका चोकहरुमा वाइफाइ जडान गरिने छ भने दोस्रो चरणमा नगरका विभिन्न थप ५० चोकहरुमा वाइफाई जोडिने लक्ष्यका साथ काम भइरहेको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्