मोरङको कानेपोखरीमा २ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

मोरङको कानेपोखरीमा २ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

मोरङ, श्रावण ११ गते ।

मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने बर्ष २६ को धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष ४४ को शम्भु गहतराजलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो ।

हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्