ब्राजिलमा दुई कैदी समूहबीच भिडन्त, ५२ जना कैदीबन्दीको मृत्यु

ब्राजिलमा दुई कैदी समूहबीच भिडन्त, ५२ जना कैदीबन्दीको मृत्यु

एजेन्सी, १४ साउन । जेलमा दुई कैदी समूहबीच भिडन्त भएको छ । यसरी आपसमा भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । घटना हो ब्राजिलको पारा राज्यमा रहेको एक जेलको । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो ।

A map shows Altamira in Para, Brazil

सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म चलेको थियो । जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो ।

स्थानिय मिडियाहरुलाई स्रोत बनाउँदै बीबीसीले लेखे अनुसार सुरुवातमा १६ जनाको टाउको काटिएको थियो । त्यसपछि जेलमा आगो लगाइएको थियो । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो ।

उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए । ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ ।

ब्राज़ील की अधिकतर जेलों में क्षमता से ज़्यादा क़ैदी हैं. (फ़ाइल चित्र)

त्यहाँका जेलमा करिब ७ लाख कैदी छन् । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । यसै वर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्