झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

<span class='c1'>झापामा बाढीबाट मृत्यु</span> <span class='c2'>हुने अधिकांश बालबालिका</span>

झापा,१४ साउन  । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा पुग्दा बाढीको चपेटामा परी बालबालिकाले ज्यान गुमाएको पाइएको छ । मृत्यु हुने बालबालिकामा दमक–१० मावली घर भएकी छ वर्षीया एलिजा न्यौपाने, शिवसताक्षी–१० का नौ वर्षीय सौगात चापागाईं, मेचीनगर–१३ का अढाई वर्षीय अजित प्रसाइ र बाह्रदशी–३ हर्कटेका ११ वर्षीय विजय खड्का छन् ।

सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार एलिजालाई भालु खोलाको कल्भर्टमा पानी खेल्ने क्रममा बाढीले बगाएको थियो भने सौगात खेल्ने क्रममै बनियानी खोला छेउमा पुग्दा बाढीमा परेका थिए । खेतमा गएका बुबालाई पछ््याउने क्रममा फुलबासा खोलामा चिप्लिएर अजितको मृत्यु भएको थियो ।

अर्का बालक विजयलाई अदुवा खोलामा पौडी खेल्ने क्रममा बाढीले बगाएको थियो । बाढीमा परी मृत्यु भएका कमल गाउँपालिका–५ का ६८ वर्षीय काजीबहादुर जोशी घर छेउको पैनीमा चिप्लिएर बगेका थिए भने भद्रपुर–२ का ५१ वर्षीय हर्कमान लिम्बूलाई मेची खोलाको बाढीले बगाएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर–१४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका छन् । गत असार २७ गते बेपत्ता भएका उहाँको शव फेला परेको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट झापामा ९६ परिवार पूर्ण विस्थापित, ६५५ परिवार प्रभावित, सात घरमा पूर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको छ । यसैबीच, कृषि ज्ञान केन्द्र झापाले जिल्लाको गौरीगञ्ज, हल्दीबारी, कमल र बाह्रदशी गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाका किसानको बाली र खेतीयोग्य जमीनमा बाढीले बढी क्षति पुर्याएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्