सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

<span class='c1'>सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित</span> <span class='c2'>बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो</span>

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नग भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको हाे ।

इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमुना परीक्षणका क्रममा २० जना भन्दा बढीमा डेंगुको संक्रमण फेला परिसकेको छ ।

इनरुवाको वडा नम्बर ४ को एकै परिवारका ७ जनामा डेंगुको संक्रमण भेटिएको छ । सन्तोष गुप्ताको परिवारमा डेंगु फेला परेको अस्पतालले जनाएको छ ।

ज्वरो आएर उपचारकालागि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेकाले संक्रमित सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ ।

नगरभित्र एकसाथ डेंगुका बिरामी फेला परपछि इनरुवा नगरपालिकाको कार्यालयले आपतकालित बैठक समेत डाकेको छ ।

कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

निरौलाका अनुसार नगरमा प्राप्त जानकारी अनुसार इनरुवा ४ मा ७ जना संक्रमित भेटिएका छन् । त्यसै गरी वडा नम्बर ५ मा ४ जना र वडा नम्बर ३ मा १ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सङ्ख्या बढी रहेको भन्ने बुझिन आएकाले तथ्याङक सङ्कलन र रुजु गर्ने कार्य जारी रहेको निरौलाले बताए ।

भाइरसका कारण संक्रमण फैलने भएकाले बैठकको निर्णय अनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नुका साथै जनचेतना फैलाउन समितिले तत्कालैबाट काम थाल्ने निरौलाले जानकारी दिए ।

इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी अलर्टमा रहने गरी हेल्प डेस्क राख्ने तयारी समेत थालिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाले नगरका वडाहरूमा विषादी छिट्ने काम समेत सुरु गरिसकेको छ । नगर प्रमुख राजन मेहताले वडातह सम्म जनचेतना फैलाउनकालागि अभियान थालिसकिएको बताए । मेहताले विद्यार्थी, शिक्षक हुँदै अभिभावक सहित स्थानीय संघसंस्थाहरुलाई डेंगु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताकालागि आव्हान समेत गरेका छन् ।

उता इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरूले ज्वरो आउँदा पारासिटामोल बाहेक अन्य औषधी सेवन नगर्न सुझाव दिएका छन् । स्वच्छ पानी मात्र पिउन सल्लाह दिएको अस्पतालले सङलो पानी जम्ने ठाउँलाई निरन्तर सफा गर्नुकासाथै , पानी भरेर नराख्न र लार्भा भेटिए नष्ट गर्न अनुरोध गरेको छ ।

ज्वारे आउने, शरीर काम्ने, टाउको दुख्ने र बिमिरा आउने जस्ता लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन समेत अस्पतालले सर्वसाधारणमा सूचित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्