झापाको इलाका  प्रहरी कार्यालय अनारमनीको हिरासतबाट बन्दी भागे

<span class='c1'>झापाको  इलाका  प्रहरी कार्यालय</span> <span class='c2'>अनारमनीको हिरासतबाट बन्दी भागे</span>

झापा, २० साउन । झापाको अर्जुनधारास्थित इलाका  प्रहरी कार्यालय अनारमनीको हिरासतबाट एक बन्दी भागेका छन्।

लागु औषध कारोबारमा संलग्न इलाम नगरपालिका –११ का २४ वर्षीय शंकर रसाइली प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन्।

पेट दुख्यो भनी प्रहरीले अस्पताल लगेका रसाइली शौचालय जान्छु भनि गएका र ५/६ मिनेटसम्म नफर्केपछि ढोका खोलेर हेर्दा झ्यालको सिसा फुटाई भागेको प्रहरीले जनाएको छ।

म्याद थप समेत नभएका अनुसन्धानको क्रममा रहेका रसाईली फरार भएपछि प्रहरीले खोजी तिब्र पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्